२०८२ कार्तिक १, शुक्रबार

जनेजी प्रतिनिधिले भने असोज २२ र २३ सडकमा जाने योजना छैन

जनेजी प्रतिनिधिले भने असोज २२ र २३ सडकमा जाने योजना छैन

२१ असोज काठमाडौँ / जेनजीका केही प्रतिनिधिहरूले असोज २२ र २३ मा जेनजी पुस्ता आन्दोलनका लागि सडकमा जाने कुनै कार्यक्रम नरहेको प्रस्ट पारेका छन् । मंगलबार जनेजी आन्दोलनमा मृत्युवरण गरेका र घाइतेहरूका तर्फबाट जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका उनीहरूले परिसर क्षेत्रमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

‘अक्टोबर ८ र ९ सडकमा उत्रेर कुनै पनि आन्दोलन गर्ने योजना छैन, हामी देशमा रक्तपातमा चाहँदैनौँ’, जेनजी अगुवा ओजस्वी थापाले भने, ‘घरमा बसेका राजनीतिक दलहरूलाई आग्रह गर्छौ–सरकारलाई कानुन कार्यान्वयन गर्न दिनुस् । ’ उनले सरकार र प्रहरी प्रशासन लगायत सरकारी निकायलाई कानुन कार्यान्वयनमा सघाउन आग्रह गरे ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस