
माघ २, काठमाडौं / नेपाली कांग्रेसको दुई पक्ष निर्वाचन आयोग अगाडि पार्टीको आधिकारिकतालाई लिएर नाराबाजीमा उत्रिएका छन् । गगन थापा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू दिउँसोदेखि नै आयोग परिसरमा धर्नामा बसिरहेका थिए भने शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू केहीबेरअघि मात्रै निर्वाचन आयोग परिसर पुगेर धर्ना दिएका हुन् ।
दुवै पक्षका कांग्रेसी कार्यकर्ताको भीड बढेपछि आयोग परिसरको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।