२६ असोज काठमाडौँ / नेकपा एमाले को सचिवालय बैठक सुरू भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सचिवालय बैठक सुरू भएको हो ।
शुक्रबारदेखि जारी बैठक शनिबारलाई तय गरिएको थियो । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको थियो ।
आज सुरू भएको बैठकमा भदौ २३ र २४ गतेको आन्दोलन, पार्टी पुनर्गठन, संसद पुनःस्थापना लगायतका विषयमा सदस्यहरूले धारणा राख्नेछन् । शुक्रबार पार्टी अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे विषय प्रवेश गर्दै संसद पुनःस्थापनाको प्रस्ताव राखेका थिए ।
त्यसमाथि वरिष्ठ उपाध्यक्षसहित उपमहासचिवसम्मले धारणा राखेका छन् । शुक्रबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरू बरालले धारणा राखेका छन् ।