२०८२ श्रावण १५, बुधबार

केपी शर्मा ओलीको नेतृत्वमा एमाले थप एकताबद्ध हुन्छ : विष्णु रिजाल

केपी शर्मा ओलीको नेतृत्वमा एमाले थप एकताबद्ध हुन्छ : विष्णु रिजाल

२९ असार भक्तपुर/ नेकपा एमालेका केन्द्रीय सदस्य एवं मानव अधिकार एलायन्सका इन्चार्ज विष्णु रिजालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबाट एमाले थप एकतावद्ध हुने बताउनुभएको छ ।

मानव अधिकार एलायन्स स्थापनाको २६ औं वर्षको उपलक्ष्यमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले अध्यक्ष ओलीको नेतृत्वबाट एमालेले अझ बढी लाभ हासिल गर्न सक्ने बताउनुभयो । ‘प्राविधिक रुपमा हामीभन्दा केही ठुलो पार्टी काँग्रेसले समेत केपी ओलीको नेतृत्वलाई स्विकारेको छ’ रिजालले भन्नुभयो ‘यस्तो अवश्थामा उहाँको नेतृत्वमा एमाले थप एकतावद्ध भएर अघि बढ्नु पर्दछ । ’ रिजालले आगामी भदौमा हुने विधान महाधिवेशन,त्यसपछि हुने राष्ट्रिय महाधिवेशनको लय स्वरुप मिसन ०८४ मा एमालेले एकल बहुमत हासिल गर्ने निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित हुन्छ ।

विश्वमा नै मानव अधिकारको रक्षाका लागि कम्यूनष्टिहरुले सुरु गरेको स्मरण गर्नुभयो । उहाँले सन् १८१८ मा कार्लमार्क्स र फ्रेडरिक एंगेल्सले लेखेको कम्यूनिष्ट घोषणा पत्र नै मानव अधिकारको क्षेत्रमा विश्वमा नै पहिलो दस्तावेज भएको बताउनुभयो । ‘मानव अधिकार र सामाजिक न्यायको रुपमा मानिएको कम्यूनष्टि घोषणा पत्र जारी भएको करिब सवासय वर्षपछि मात्र संयुक्त राष्ट्र संघले मानव अधिकार घोषणा पत्र जारी गरेको हो ’ रिजालले भन्नुभयो ‘विश्वलाई शोषणरहित,विभेद रहित बनाउन कार्लमार्क्सले अघि सारेको बिचार नै मानव अधिकारको आधारभुत प्रस्थान विन्दु हो ।’

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस