२०८२ कार्तिक ३, आईतबार

एमालेका शंकर पोखरेलले नेपालको राजनीतिलाई स्थायित्वतर्फ जान नदिने अनेक प्रयास भइरहेको बताए

एमालेका शंकर पोखरेलले नेपालको राजनीतिलाई स्थायित्वतर्फ जान नदिने अनेक प्रयास भइरहेको बताए

९ साउन काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीतिलाई स्थायित्वतर्फ जान नदिने अनेक प्रयास भइरहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी पंक्तिलाई सावधान गराउँदै पोखरेलले काल्पनिक कथा र अफवाहको भरमा राजनीतिलाई अस्थिर बनाउने प्रयत्न भइरहेकामा गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो ।

हालै अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको आगामी अध्यक्षका रूपमा विद्या भण्डारीको नाम लिएको भनी आएका समाचारप्रति संकेत गर्दै पोखरेलले त्यस्ता विषयलाई अफवाहको संज्ञा दिनुभयो। अबको एमाले अध्यक्ष विद्या भण्डारी भनेर ओलीले नै भनेका छन् भन्ने जस्ता कथाले राजनीतिक स्थायित्व हुन नसक्ने उहाँको धारणा छ । ‘यस्तै कथाकारहरुले नै नेपाली राजनीतिलाई स्थायित्व तर्फ जानबाट रोक्ने कोशिस गर्दछन्, पार्टी पंक्ति सचेत बन्नु पर्दछ’, उहाँले लेख्नु भएको छ ।

महासचिव पोखरेलले पार्टी कार्यकर्तालाई यस्ता भ्रमजनक प्रचारप्रति सचेत रहन अपिल गर्नुभएको छ। राजनीतिक स्थायित्वका लागि तथ्य र विश्वासको आधारमा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको छ

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस