२०८२ कार्तिक १५, शुक्रबार

फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका गाडी बाटोमै रोकिए

फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका गाडी बाटोमै रोकिए

१४ कार्तिक काठमाडौँ / काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्ने स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध भएपछि काठमाडौँबाट फोहोर लिएर गएका गाडीहरू बाटोमै रोकिएका छन् ।

स्थानीयसँग वार्ताको प्रयास भए पनि समाधान निस्किएको छैन । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आ–आफ्नो घर, पसल, तथा व्यवसायबाट उत्सर्जन हुने फोहोरलाई घरमै सुरक्षित तवरले राख्न अनुरोध गरेको छ ।

पछिल्लो समय बञ्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित क्षेत्रका स्थानीय र काठमाडौँ महानगरपालिकाबिच विभिन्न सहमति भए पनि त्यसको पूर्ण कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस