२०८२ श्रावण १७, शुक्रबार

तारकेश्वरको खेलमैदानमा मृत भेटिइन् महिला

तारकेश्वरको खेलमैदानमा मृत भेटिइन् महिला

५ साउन, काठमाडौं / काठमाडौंको तारकेश्वर नगरपालिका ८ को पिपलडाँडा खेल मैदानको बारमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
ती महिलाको पहिचान खुल्न बाँकी रहेको वडाध्यक्ष श्यामकृष्ण सापकोटाले जानकारी दिए । प्रत्यक्षदर्शीका अनुसार मृतक महिलाले कालो कपडा, कालो झोला र कालो जुत्ता लगाएकी छन् ।

घटनास्थलमा प्रहरी र स्थानीय भेला भएका छन् । तर अहिलेसम्म कसैले पनि पहिचान गर्न नसकेको वडा सदस्य मोहन खत्रीले बताए । प्रहरीले अहिले मुचुल्का उठाउने काम गरिरहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस