
पुस १, मकवानपुर / मकवानपुरको बकैया गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो अधेरी स्थित भित्री सडक खण्डमा लु ५ त १७४ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका २२ जना मध्ये ३ जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा बकैया गाउँपालिका–७ अधेरी बस्ने ५५ वर्षीय केशव माझी, सोही ठाउँ बस्ने ५५ वर्षीय युवराज माझी र ४५ वर्षीय सन्तलाल माझी रहेको बताए ।
दुर्घटनामा परी घाइते भएका १९ जनाको हेटौँडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेरुरूको अवस्था र घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।