
पुस १३, काठमाडौँ / धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आज बिहानबाट सवा ११ बजेसम्म ३१ बढी पोस्ट गरेका छन् ।
आज बिहान ४ बजेतिर काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिच भएको सहमतिको विरुद्ध उनले निरन्तर फेसबुक मार्फत विरोध गरिरहेका छन् ।
रवि पार्टी सभापति रहने र शाह आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने सहमति बाहिर आएपछि साम्पाङले फेसबुक पोस्टमा लेख्दै भनेका छन्, ‘हाहा… जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ ! फटाहाहरू‘ सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे !’
उनले लाइभ, स्ट्याटस र अन्य प्रयोगकर्ताहरूले बालेन र रवि विरुद्ध राखेको सामाग्रीहरू समेत शेयर गर्दै निरन्तर विरोध गरेका छन् ।