फागुन ८, काठमाडौं/मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै माइक्रोबस दुर्घटनामा परेको छ ।गति अनियन्त्रित भएर आज माइक्रोबस पल्टिँदा १५ जना घाइते भएका छन् ।मुग्लिन प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।