२०८३ मंसिर १, सोमबार

मौसम पूर्वानुमान

वाग्मतीसहित चार प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वाग्मतीसहित चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
वाग्मतीसहित चार प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भूभागमा आज वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली भई हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोसी प्रदेशसहित वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
त्यस्तै, कोसी प्रदेशको हिमाली तथा पहाडी भूभाग र वाग्मती तथा गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस