
पुस १, काठमाडौं / काठमाडौंको चमती र रानिवनबाट ५५ किलो गाँजा बरामद गरिएको छ । गएराति ३ बजेतिर इनड्राइभ ट्याक्सीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो । भारतीय नागरिक ३८ वर्षीय सोन साइमन ग्रेसेसले इन्ड्राइभ गरी उक्त ट्याक्सीमा गाँजा बोकेर हिँडेको पाइएको हो ।
चमतीस्थित सडकबाट एक ट्याक्सीमा बोकेको अवस्थामा र घरबाट गरी ५५ किलो गाँजा बरामद भएको छ । ट्याक्सीबाट २३ किलो र ग्रेसेसले रानिवनमा होमस्टे भाडामा लिएर बसेको ठाउँबाट ३२ किलो गरी ५५ किलो गाँजा बरामद भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।