२०८२ मंसिर ९, सोमबार

बयानका लागि ओली र लेखकलाई बोलाउने तयारी

बयानका लागि ओली र लेखकलाई बोलाउने तयारी

७ मंसिर काठमाडौं / भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन जाँचबुझका लागि गठन भएको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पनि बयानमा बोलाउने अन्तिम तयारी गरेको जनाएको छ ।

अहिलेसम्म समितिले आधाभन्दा बढी काम सकिसकेको जानकारी गराउँदै अब हुने बयानका आधारमा ओली र लेखकलाई बोलाइने जनाएको छ ।
सरकारले जाँचबुझका लागि असोजको ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो । आयोगले अहिलेसम्म मुख्यसचिव एकनारायण अर्यालदेखि प्रहरीका डीआईजीसम्मका अधिकारीको बयान लिइसकेको छ ।

उच्च स्रोतले दिएको जानकारीअनुसार नेपाली सेनासँग पनि लिखितरुपमा जानकारी माग गरिएको छ । आयोगकै एक अधिकारी नेपाली सेनाको मुख्यालय पुगेर लिखित प्रश्नावली छाडेको स्रोत बताउँछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस