
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसअनुसार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ९३० रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
पछिल्लो मूल्यसूचीअनुसार सुन र चाँदी दुवैको मूल्य घटेको छ।