२०८३ कार्तिक १५, शनिबार

अमेरिकामा हेलिकोप्टर दुर्घटना

अमेरिकामा आकाशमै ठोक्किए दुई हेलिकोप्टर, तीन जनाको मृत्यु

अमेरिकामा दुई हेलिकोप्टर आकाशमै ठोक्किए
अमेरिकामा आकाशमै ठोक्किए दुई हेलिकोप्टर, तीन जनाको मृत्यु

ओरेगन । अमेरिकाको ओरेगन राज्यमा दुई हेलिकोप्टर आकाशमै एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
सीएनएनका अनुसार बिहीबार स्थानीय समयअनुसार दिउँसो करिब २ः१५ बजे म्याकमिनभिल म्युनिसिपल विमानस्थल नजिकै दुई हेलिकोप्टर आकाशमै ठोक्किएका थिए।
ठोक्किएपछि दुवै हेलिकोप्टर नजिकै रहेको एक निजी कृषि फार्मको खेतमा खसेका थिए। दुर्घटनामा परी तीन जनाको ज्यान गएको बताइएको छ।
दुर्घटनास्थल ओरेगन राज्यको प्रमुख सहर पोर्टल्यान्डबाट करिब ४० माइल दक्षिणपश्चिममा रहेको छ।
घटनापछि सम्बन्धित निकायले दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाउने तयारी गरेका छन्। दुई हेलिकोप्टर कसरी एकआपसमा ठोक्किए भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस