२०८३ मंसिर १०, बुधबार

मुख्यमन्त्रीले विश्वासको मत लिएपछि तीन महिनासम्म बैठक बसेको थिएन

१५ मंसिरमा बस्ने बागमती प्रदेशसभा बैठक

बागमती प्रदेशसभाको बैठक १५ मंसिरमा बस्ने
१५ मंसिरमा बस्ने बागमती प्रदेशसभा बैठक

९ मंसिर, हेटौंडा । बागमती प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १९औँ बैठक आगामी १५ मंसिरमा बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने गरी सूचना जारी गरिएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम उपसभामुख अप्सरा चापागाईंले बैठक आह्वान गरेकी हुन् ।

गत ९ भदौमा मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिएपछि प्रदेशसभा बैठक बसेको थिएन । त्यसपछि पहिलोपटक बैठक बस्न लागेको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस