२०८३ मंसिर १०, बुधबार

बिचौलिया इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका महेश श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै पत्नी यसुदा श्रेष्ठ थापाले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी छन् ।

महेश श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

महेश श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट
महेश श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

९ मंसिर, काठमाडौं । बिचौलिया इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका महेश श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ ।

श्रेष्ठकी पत्नी यसुदा श्रेष्ठ थापाले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा परेको छ ।

अदालतमा सेटिङको काम गर्ने गरेको आरोपमा पक्राउ परेका सापकोटासँग श्रेष्ठको कनेक्सन देखिएको र केही आर्थिक कारोबारसमेत भएपछि श्रेष्ठ अनुसन्धानमा तानिएका थिए ।

काठमाडौंको कीर्तिपुरबाट पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

यस प्रकरणमा पक्राउ परेकाहरूविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस