२०८२ अषाढ १७, मंगलबार

ग्यास विस्फोट हुँदा कपिलवस्तुमा दाजु र बहिनीको मृत्यु

कपिलवस्तुमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा दाजु बहिनीको मृत्यु भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १३, सोमबार
ग्यास विस्फोट हुँदा कपिलवस्तुमा  दाजु र बहिनीको मृत्यु

१२ जेठ काठमाडौँ / कपिलवस्तुमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा दाजु बहिनीको मृत्यु भएको छ ।

शुद्धोधन गाउँपालिका– ५ जयनगर हतिया दोवानी बस्तीमा आइतबार राति ग्यास चुल्होमा खाना बनाउने क्रममा जलेर दाजु बैनीकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी निरन्जन दत्त भट्टले जानकारी दिए ।

आगलागीमा परेर २४ वर्षीय शिवकुमार यादव र उनकी बहिनी १८ वर्षीया सोनाम यादवको मृत्यु भएको हो । ‘खाना पकाउने क्रममा रेगुलेटरबाट एक्कासी ग्यास लिक भइ आगलागी हुँदा घटना भएको हो ,

आगोमा जलेर गम्भीर घाइते भएका दाजु बहिनीलाई प्राथमिक उपचारपछि राति नै थप उपचारका लागि भारतको जयनगर लगिएको थियो । बाटोमै उनीहरुको मृत्यु भएको हो ।

दुवैको शव हाल पोस्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको उनले बताए । आगलागीबाट घरमासमेत सामान्य क्षति पुगेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस