१६ असार काठमडाौँ / निर्वाचन आयोगले रूपन्देही–३ मा आगामी कात्तिक १७ गते उपचुनाव गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कात्तिक १७ गते रूपन्देही–३ उपचुनाव गर्ने निर्णय भएको बताए ।
उनका अनुसार मनाङ (२) को प्रदेश सभा सदस्य उपनिर्वाचनबारे टुंगो लागिसकेको छैन । अदालतले यसबारे आधिकारिक नलेखेकाले त्यहाँको निर्वाचन अन्यौल भएको उनले बताए । यहाँबाट निर्वाचित राजिव गुरूङ (दीपक मनाङे) को पद अदालतले रिक्त गरिदिएको थियो । गत असार ६ गते निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर रूपन्देही–३ को प्रतिनिधि सभा र मनाङ (२) को प्रदेश सभा निर्वाचन कात्तिकको दोस्रो साता गर्नेबारे परामर्श गरेको थियो ।
रूपन्देही–३ मा सिद्धार्थ नगरपालिकाका १३ वटा वडा, बुटवल उपमहानगरपालिकाका ६ वटा, सियारी गाउँपालिकाका ६ वटा वडा, तिलोत्तमा नगरपालिकाका ४ वटा वडा समेटिएका छन् । यो क्षेत्र सुनौली नाकादेखि पूर्वपश्चिम राजमार्गसम्म उत्तरदक्षिण फैलिएको छ ।