२०८२ माघ ९, बिहिबार

तीन दिनदेखि जाँचबुझ आयोगमा तत्कालीन सीडीओ रिजालको बयान

तीन दिनदेखि जाँचबुझ आयोगमा तत्कालीन सीडीओ रिजालको बयान

१९ मंसिर, काठमाडौं / जेन–जी आन्दोलनमा भएको दमन र तोडफोडबारे जाँचबुझ गर्न गठन भएको आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग बयान लिइरहेको छ ।

माइतीघरबाट शुरु भएको प्रदर्शन बानेश्वर पुगेर संसद भवन प्रवेश गर्न खोजेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले गोली चलाउन आदेश दिएका थिए ।

‘दुई दिनदेखि उहाँको बयान चलिरहेको छ, सम्भवतः शुक्रबार बयान सकिनेछ’ जाँचबुझ आयोग सम्वद्ध स्रोतले भन्यो, ‘जेन–जी आन्दोलनमा भएको बल प्रयोग र त्यसमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीको भूमिकाबारे उहाँसँग बयान भइरहेको हो ।’

जेन–जी आन्दोलन दमनमा जोडिएका अरु सरोकारवालाहरुले भने जिल्लाको शान्तिसुरक्षाको मामिला प्रमुख जिल्ला अधिकारीको हुने भएकाले उनले नै घटनाको जिम्मा लिनुपर्ने भनी लिखित जवाफ पेश गरेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस