२०८२ अषाढ १७, मंगलबार

आईपीएल

दिल्लीमाथि कोलकाताको १४ रनको जित

इन्डियन प्रिमियर लिग आईपीएल मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइटर्सले १४ रनको जित निकालेको छ ।
दिल्लीमाथि कोलकाताको १४ रनको जित

१७ वैशाख काठमाडौं / इन्डियन प्रिमियर लिग आईपीएल मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइटर्सले १४ रनको जित निकालेको छ । मंगलबार अरूण जेट्ली रंगशालामा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा आएको कोलकाताले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर २०९ रनको योगफल खडा गरेको थियो ।

जितका लागि २१० रनको लक्ष्य पाएको दिल्लीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १९० रनमात्र बनाउन सक्यो । दिल्लीका फाफ डुप्लेसिसले ४५ बलमा सर्वाधिक ६२ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । कप्तान अक्षर पटेलले ४३, विप्राज जिगमले ३८ र करुण नायरले १५ रन थपे । दिल्लीको अन्य ब्याटर भने दोहोरो अंकसम्म पुग्न सकेनन् ।

कोलकाताका लागि सुनिल नारिनले सर्वाधिक तीन विकेट लिए । यस्तै, वरुण चक्रवर्तीले दुई विकेट लिँदा अनुकुल रोय, वैभव अरोरा र आन्द्रे रसेलले समान एक–एक विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा कोलकाताका आंकृश रघुवंशीले ४४ रन बनाएका थिए । रिंकु सिंहले ३६ रन थप्दा सुनिल नारिनले २७ रन जोडे । यस्तै, ओपनर रहमनुल्लाह गुर्बज र कप्तान अजिक्या रहाणेले समान २६ रन बनाए ।

दिल्लीका मिचेल स्टार्कले तीन विकेट लिए । अक्षर पटेल र विपराज निगमले समान दुई विकेट लिए । दुस्मन्था चमिराको नाममा एक विकेट रह्यो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस