भदौ १७, काठमाडौँ / दुइटा बिहेले विवादमा परेका रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका डाक्टर लेखजंग थापाले यसकै कारण उम्मेदवारी छाड्न तयार रहेको बताएका छन् ।
मंगलबार बिहान पहिलो पत्नीसँग सम्बन्ध विच्छेद भइसकेको अदालती प्रमाण सार्वजनिक गर्दै उनले उम्मेदवारमा छनोट भइसकेको भए पनि यस विषयमा पार्टीले गर्ने पुनःविचार आफूले स्वीकार गर्ने बताएका हुन्।
परिस्थितिका कारण मैले जीवनमा दुईपटक बिहे गरेको कुरा जति सत्य हो, त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो उनले लेखेका छन्, ‘रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार छ । नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यास मानिएको ुउम्मेदवार छनोट विधिुअन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भई उम्मेदवार घोषित भएको तथ्य अवगत नै छ । तथापि मेरो पार्टीले गर्ने कुनै पनि निर्णयलाई म सहर्ष स्वागत, स्वीकार र पालना गर्नेछु ।’