२०८२ अषाढ २५, बुधबार

कांग्रेस लुम्बिनीका महामन्त्री पार्टीबाट निष्काशित

कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्काशित भएका छन् ।
कांग्रेस लुम्बिनीका महामन्त्री पार्टीबाट निष्काशित

२५ असार काठमाडौँ / कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्काशित भएका छन् । असार १७ गते बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले नवलपरासीका खनाललाई प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरिएको हो ।

समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले खनाललाई कारबाही गरिएको जानकारी पार्टी सभापति शेरबहादुर देउवा र उनीसम्बन्धित प्रदेश र जिल्लालाई पनि बोदार्थ पत्र पठाएका छन् । उजुरीपछि खनाललाई स्पष्टीकरण सोधिएको तर जवाफ चित्तबुझ्दो नदेखिएकोले प्राप्त प्रमाणको आधारमा कांग्रेसको विधान २०२७ (संशोधनसहित) धारा ३४ को उपधारा १ क ख र घ तथा उपधारा ङ बमोजिम १ वर्षका लागि पार्टी सदस्यबाटै निष्काशन गर्ने निर्णय गरिएको ढुंगानाले जानकारी दिएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस