
 
  
   
 
१४ कात्तिक, काठमाडौं/ रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासन प्रणालीको एजेण्डा अघि सारेको छ ।
दल दर्ताको निवेदन दिइसकेपछि बसेको पार्टीको पहिलो बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासन प्रणालीको एजेण्डा अघि सारेको पार्टीका अध्यक्ष कवीर सोबले जानकारी दिए ।
उनले भने, ‘जेनजी आन्दोलनपछि नै हामीले अब प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख रहनुपर्छ भन्ने शासन प्रणालीको विकास हुनुपर्छ भन्नेमा जोड दिएका छौं । चाहे त्यो प्रधानमन्त्री होस् या राष्ट्रपति किनकी यो प्रणाली नभइ अब देशमा विकास सम्भव छैन ।’
प्रत्यक्ष निर्वाचित भइसकेपछि देशमा स्थिर सरकार रहने र ५ वर्षसम्म ढुक्कले काम गर्न सक्ने वातावरण हुने उनको दाबी छ । यस्तै प्रत्यक्ष निर्वाचित अन्य पदहरू पनि हुनुपर्ने र त्यसमा समानुपातिक समावेशीको सिद्धान्त अनुसार अगाडि बढाउनेपर्ने नीति लागू हुनुपर्ने पार्टीको एजेण्डा रहने उनको भनाइ छ ।
बैठकले रेशम चौधरीलाई पार्टीको संरक्षकको रूपमा रहने समेत निर्णय गरेको छ ।