१० असार, काठमाडौं / विशेष अदालतको बृहत इजलासले दृष्टि साप्ताहिकका प्रकाशक शम्भु श्रेष्ठ लगायतलाई बयानका लागि तीन दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले अदालतको अवहेलना सम्वन्धी प्रतिवेदनमाथिको छलफलपछि दृष्टिका संस्थापक श्रेष्ठसहित कार्यकारी सम्पादक एमपी सुब्बालाई उपस्थित हुन आदेश दिएको हो ।
विशेष अदालतले अवहेलना आकर्षित हुने गरी प्रकाशित भएको भनिएको समाचारमा कुनै परिमार्जन नगरी यथास्थितिमा राख्न पनि आदेश दिएको छ । यस्तै अवहेलनाको मुद्दालाई फौजदारी लगतमा समावेश गर्न आदेश दिएको छ । फौजदारी लगतमा परेको अवहेलना मुद्दामा आरोपितहरुलाई अदालतमा उपस्थित नै गराएर बयान लिइन्छ ।