
पुस २५, धनगढी / गोदावरी नगरपालिका–८ बस्ने ३३ वर्षीय राधिका नेपालीको सेती प्रादेशिक अस्पतालमा शल्यक्रियामार्फत् शिशु जन्माएपछि मृत्यु भएकी महिलाको शव तीन दिनदेखि उठेको छैन्। नेपालीको शव प्रादेशिक अस्पतालको शव गृहमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए ।
शल्यक्रियामार्फत् नवजात शिशु (छोरी) लाई जन्म दिएपछि सुत्केरीको स्वास्थ अवस्था जटिल बनेको थियो । २३ गते दिउँसो शिशु जन्माएकी नेपालीको उपचारका क्रममा साँझ ५ बजे मृत्यु भएको थियोे । आमाको मृत्युु भएपनि नवजात शिशु भने जिवितै रहेको छ ।
राधिकाको मृत्युुको विषयमा पीडित पक्ष र अस्पताल प्रशासनबीच छलफल भइरहेपनि निष्कर्षमा नपुगेको कारण शव नउठेको प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए । परिवारले भने चिकित्सकको लापरबाहीले नेपालीको मृत्यु भएको भन्दै कानुनबमोजिम कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन् ।