२०८२ श्रावण ३१, शुक्रबार

एमालेले राजु गुरुङलाई दियो लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी

एमालेले राजु गुरुङलाई दियो लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी

२९ साउन रुपन्देही /  नेकपा एसको केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्षबाट राजीनामा दिएर बसेका युवानेता राजु गुरुङ लामो समय यत्तिकै बसेका थिए । पछिल्लो केही समय उनी एमालेसँग नजिकिएको उनले सार्वजनिक गरेका केही फोटाहरुले पुष्टि गरेपनि आधिकारिक रुपमा केही सार्वजनिक गरिएको थिएन । तर उनी एमालेका नेताहरुलाई भेटेका तस्बीर सामाजिक सन्जालमा राखिरहेका थिए ।

बुधबार मात्रै गुरुङलाई एमालेले लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिइएको हो । उनीसँगै बुधबारै नेकपा एसको केन्द्रीय सदस्य छाडेर आएकी सिनपाकी पूर्व उपमेयर उमा काफ्ले र रोल्पामा माओवादी छाडेर आएका शान्तराज बोहोरालाई पनि प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिइएको एमाले लुम्बिनीका अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए । उनका अनुसार प्रदेश कमिटी अब २३८ सदस्यीय बनेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस