२०८२ श्रावण ३२, शनिबार

नेपाली राजनीतिमा प्रतिशोध बढेर गयो : उपसभापति गुरुङ

नेपाली राजनीतिमा प्रतिशोध बढेर गयो : उपसभापति गुरुङ

धादिङ,८ साउन । नेपाल काङ्ग्रेसका उपसभापति, पुर्व मन्त्री धनराज गुरुङले नेपाली राजनीतिमा प्रतिशोध बढेर गएको बताउनु भएको छ । नेपाली काङ्ग्रेस धादिङका पुर्व जिल्ला सभापति,प्रजातन्त्र सेनानी एवम् जेष्ठ राजनितीज्ञ स्व. भरत प्रसाद उप्रेतीको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उपसभापति गुरुङले राजनीतिमा पार्टी भित्र र पार्टी बाहिर प्रतिस्पर्धा हुनुपर्नेमा पछिल्लो समय प्रतिशोध बढेर गएको बताउनु भयो ।

drishtinepal

बढ्दै गएको प्रतिशोधको राजनीतिलाई नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा हटाउनु पर्ने बिचार उहाँले व्यक्त गर्नुभयो । शोकसभालाई सम्बोधन गर्ने क्रममा उहाँले मृत्यु भनेको शरीरबाट आत्मा छुट्टीनु भएको भन्दै बिचार र आत्मा कहिल्यै नमर्ने धारणा राख्नुभयो । बिपिले प्रतिपादन गरेको बिचारलाई काङ्ग्रेसले आत्मासाथ गरेको भन्दै यहीँ बिचारको सहि कार्यन्वयन गर्न सके स्वर्गीय भरत प्रसाद उप्रेती लगायतका नेताको सम्मान पुग्ने उहाँको धारणा थियो

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस