
|{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
१ चैत्र, धादिङ/ राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको सचिवालय बैठकले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार हरूको नाम टुङ्गाएको छ। सचिवालय बैठकले ४८ महिला र ९ पुरुष को नाम गरी ५७ जनाको नाम टुङ्गाएको हो । प्रतिनिधि सभाको समानुपातिकको उम्मेदवार आदिवासी जनजाति खस आर्य र पिछडिएको वर्ग थारु मुस्लिम र मधेसी कलस्टरहरूको नाम टुङ्गाए पनि कोको परे भन्ने पछि टुङ्गाउने गरी कलस्टर मात्र टुङ्गाएको हो। कलस्टरहरूबाट टुङ्गाएको प्रतिनिधिसभा सदस्यहरूको नामावली पनि आजै टुङ्गाई निर्वाचन आयोगमा बुझाउने तयारी भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले बताएका छन्।