२० असार काठमाडौँ / नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।
सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द्रको पत्र आएपछि दलको बैठकले सोहीअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उनले बताए । मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार नाउपाबाट सरकारमा सहभागी उद्योग मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए । मन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले समर्थन फिर्ता लिएको हो ।