२०८२ श्रावण १७, शुक्रबार

लागुऔषध सहित दुई जना पक्राउ

लागुऔषध सहित दुई जना पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोले ठूलो परिणाममा कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एक होटलबाट ब्युरोको टोलीले एक जना भारतीय महिलालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३५ वर्षीया रूबिना अब्दुल्लाह शेख छिन्। उनी भारत हुँदै इथोपिया र त्‍यहाँबाट कतार हुँदै मंगलबार काठमाडौं आइपुगेकी हुन्। ब्युरो प्रमुख एसएसपी कृष्ण कोइरालाका अनुसार काठमाडौं ओर्लिएपछि प्रहरीको नजर उनीमाथि परेको थियो।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस