२०८२ अषाढ १७, मंगलबार

लागुऔषध सहित पक्राउ परेक युवक कवाडी कर संकलन केन्द्रका संचालक

लागुऔषध सहित पक्राउ परेक युवक कवाडी कर संकलन केन्द्रका संचालक

३० बैशाख, धादिङ / धुनिबेशी नगरपालिकाको कवाडी जडिबुटी छाला हड्डी कर संकलन केन्द्रबाट हिजो पक्राउ पर्ने संचालक आफै रहेको खुलेको छ । आर आर एण्ड भालेश्वर कम्पनी प्रा.लि.का संचालक अर्जुन तामाङ हुन उनले तिन बर्षका लागि धुनिवेशि नगरपालिकाबाट ३ करोडमा ठेक्का लिएका पाएका थिए । तामाङले कर संकलनमा अबैध कार्य गरिएको बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय खानिखोलाबाट गएको टोलीले छापा मारेको थियो । छापा मार्दा संचालक अर्जुन तामाङको कार्य कक्षबाट पन्जाको नक सहित ५ वटा घरेलु हतियार र लागुऔषध प्रहरीले बरामद गरेको ।

सो कम्पनीले पृथ्वी राजमार्ग अन्तर्गत धादिङ्ग जिल्ला धुनिवेशी नगरपालिका वडा नं ६ धार्के बजारमा जडिबुटी कवाडी र छालाहड्डी कर संकलन गर्दै आएको छ । जहाँ केहि महिना अघि आर आर एण्ड भालेश्वर कम्पनीले करको नाममा डरधम्की देखाउदै प्रयोजन भन्दा बाहिरका सामानको समेत ट्रकहरु संग कर असुल गरेको खबर बाहिरीएको थियो । सो खबर बाहिरीए पछि रोकेको ट्रक प्रहरी र प्रशासनको सहयोगमा छोडिएका थिए ।

पक्राउ परेका संचालक तामाङलाई ईलाका प्रहरी कार्यालय खानिखोलाले आज बरामद सामान सहित जिल्ला प्रहरी कार्यालय धादिङ बुझाउने तयारी गरेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस