२०८२ अषाढ २२, आईतबार

लाेकतान्त्रिक आदिवासी जनजाति

लोकतान्त्रिक आदिवासी जनजातिलाई एमालेमा जोड्ने महासंघको निर्णय

शनिबार सम्पन्न बैठकले उत्पीडित आदिवासी समुदायका युवा, महिलालाई पार्टीसँग जोड्न अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
लोकतान्त्रिक आदिवासी जनजातिलाई एमालेमा जोड्ने महासंघको निर्णय

असार २१, ललितपुर । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आदिवासी जनजातिहरूलाई नेकपा (एमाले)सँग जोड्ने अभियान सञ्चालन गर्ने भएको छ । महासंघ केन्द्रीय पदाधिकारी तथा सचिवालयको शनिबार सम्पन्न बैठकले उत्पीडित आदिवासी समुदायका युवा, महिलालाई पार्टीसँग जोड्न अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
ललितपुरको होटेल भ्यु भृकुटी गोदावरीमा शुक्रबार सुरु भएको उक्त बैठकको उदघाटन एमालेका उपमहासचिव एवं सूचना प्रबिधि तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका थिए ।

drishtinepal
सचिवालय बैठकले केन्द्रीय सदस्य र प्रदेश इन्चार्ज हेरफेर गर्नुका साथै केन्द्रीय महाधिवेशन आगामी चैत्र १६, १७ र १८ गर्ने निर्णय गरेको छ । त्यसैगरी महासंघको केन्द्रीय कमिटी बैठक असोज २४ र २५ ललितपुर तुल्सिलाल स्मृति भवन च्यासलमा गर्ने निर्णय गरेको छ ।
बैठकले महाधिवेशन केन्द्रीय प्रतिनिधिको नामावली एक महिनाअघि नै केन्द्रीय कार्यालयमा पठाई सक्नु पर्ने निर्णय समेत गरेको छ । जिल्ला र प्रदेशको अधिवेशन समय पुगेका जिल्लाले भदौ महिनासम्म र समय नपुगेको जिल्लाले पुस महिनासम्म अधिवेशन गर्नुपर्ने निर्णय बैठकले गरेको छ । कतिपय जिल्लाको अधिवेशन १ वर्ष नपुगेको हकमा पुस महिनाभित्र अधिवेशन गर्नुपर्ने छैन ।

drishtinepal
प्रदेशहरुको अधिवेशन मिति पुगेको प्रदेशले असोज महिना भरी अधिवेशन गरी सक्नु पर्नेछ । त्यसैगरी प्रदेश अधिवेशनको मिति नपुगेको प्रदेशहरुले पौष महिना भरी अधिवेशन गरी सक्नु पर्नेछ ।
महासंघ केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले बैठक समापन समारोहमा तीनवटा कार्यभारलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने बताए । ‘लोकतान्त्रिक आदिवासी जनजातिहरूलाई पार्टीसँग जोड्नुपर्ने जरुरी छ । त्यससँगै युवाहरु र महिलाहरुलाई नेकपा (एमाले)सँग जोड्ने अभियान नै सञ्चालन गर्नुपर्छ’, अध्यक्ष शेर्पाले भने ।
आदिवासी जनजाति महिलाहरूको भेला उत्साहका साथ सम्पन्न भइसकेको उदाहरण दिंदै शेर्पाले युवाहरुलाई पार्टीमा जोड्नका लागि लोकतान्त्रिक आदिवासी जनजाति युवा स्वंमसेवक गठनको कार्य अगाडि बढिरहेको बताए । बागमती प्रदेश कमिटीले साउन २४ गते भव्य रुपमा युवा स्वंमसेवक भेला नेकपा (एमाले) पार्टी कार्यालय च्यासलमा गर्ने भएको छ । जसका लागि सबै जना केन्द्रित हुन अध्यक्ष शेर्पाले आग्रह गरे ।

drishtinepal
त्यसैगरी साउन महिनाभित्र सल्लाहकार परिषद्, लेखा, अनुशासन र निर्वाचन आयोगको भेला पनि गर्ने निर्णय बैठकले गरेको छ ।

तस्बिर

 

drishtinepal

drishtinepaldrishtinepal

drishtinepaldrishtinepaldrishtinepaldrishtinepaldrishtinepaldrishtinepal

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस