असार ९, काठमाडौ । पुर्व राज्य मन्त्री रामेछाप जिल्लाका संसद कान्छाराम तामाङ एक निर्माण व्यवसायी ठेकेदार पनि हुन उनले केहि दिन बजेट नपरेकाे भन्दै उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमनन सिंहमाथि आक्राेश पाेखे पनि कारण भने फरक रहेकाे स्राेतकाे दाबी छ। उसाे त तामाङकाे निर्माण कम्पनीले शहरी विकास मन्त्रालय अन्तर्गतकाे ७० कराेडकाे ठेक्का परे पनि पटक पटक म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि ठेक्का ताेडियाे। ग्रामीण सडक सञ्जाल सुधार आयोजना अन्तर्गत मोरङ जिल्लाको २ वटा सडक खण्डहरू , खोर्साने केराबारी सिंहदेबी सडक र लक्ष्मी मार्ग डाँगी हाट बबिया बिर्ता अमाही सडक निर्माणको ठेक्का २०८० आषाढ मसान्तबाट म्याद थप हुन सकेकाे थिएन।
पटक पटकको ताकेता पश्चात् पनि कार्य प्रगति नभएकाले ठेक्का तोड्नु परेको मन्त्रालयले जनाएकाे छ। तर तामाङले पटक पटक साे ठेक्काकाे म्याद थप गर्न उपप्रधानमन्त्री सिंहसँग ताकेता गरे पनि कानुन र नियमविपरीत ठेक्काकाे म्याद थप्न उपप्रधानमन्त्री सिंह तयार भएनन्। जिल्लामा शहरी विकास मन्त्रालयबाट सन्ताेषजनक बजेट गएपछि तामाङकाे आक्राेशकाे कारण भने नियमविपरीत ठेक्काकाे म्याद नथपिनु रहेको स्राेतकाे दाबी छ।
तामाङको कान्छाराम निर्माण कम्पनीले शहरी विकास मन्त्रालय अन्तर्गतको ७० करोडको ठेक्का पाए पनि पटक–पटक म्याद थप्दा समेत काम सम्पन्न नगरेको भन्दै ठेक्का तोडिएको थियो।
ग्रामीण सडक सञ्जाल सुधार आयोजना अन्तर्गत मोरङ जिल्लाको २ वटा सडकखण्डहरू, खोर्साने–केराबारी–सिंहदेबी सडक र लक्ष्मी मार्ग–डाँगीहाट–बबिया बिर्ता–अमाही सडकखण्ड निर्माणको ठेक्का तामाङको कान्छाराम कन्स्ट्रक्सनले पाएको थियो। यी दुवै सडक एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेका हुन्।