२०८२ पौष १०, बिहिबार

क्रिकेटरको मृत्यु

मोटरसाइकल दुर्घटनामा १ क्रिकेटरको मृत्यु

मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ।
मोटरसाइकल दुर्घटनामा १ क्रिकेटरको मृत्यु

पुस १०, विराटनगर /  मोटरसाइकल दुर्घटनामा परेर २७ वर्षीय क्रिकेटर मिनष थापाको मृत्यु भएको छ। विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उनी कोशी प्रदेशका क्रिकेट खेलाडी हुन् भने उनले विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलिसकेका छन् । कोशी प्रदेशबाट उनले अन्य फ्रेन्चाइज लिगसमेत खेलेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस