१६ असार, काठमाडौँको गौशलाबाट हतियारसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गौशलास्थित तीलगंगाबाट कटुवा पेस्तोल र त्यसको म्यागजिनसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीका सुरेशकुमार राम र दिनेशकुमार राम रहेका छन् ।