९ असोज काठमाडौँ / केन्द्रीय कारागारबाट भागेका २० जना कैदी भक्तपुरबाट पक्राउ परेका छन् । भदौ २४ गते भएको प्रदर्शनपछि आन्दोलनको क्रममा भागेका २० जनालाई भक्तपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
उनका अनुसार १९ जना पुरूष र एक जना महिला छन् । उनीहरूलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवमा बुझाइएको छ । भदौ २४ गते देशभरिका २८ वटा कारागार र ९ वटा बालसुधार गृहबाट १४ हजार ५४९ जना कारागारबाट भागेका थिए । त्यसमध्ये बुधबारसम्म ७ हजार ७३५ जना कैदीबन्दी फिर्ता भएका छन् ।