२०८३ जेष्ठ २१, बिहिबार

रौतहट, गौर

गौरमा दुई समुदायबिच झडप हुदाँ अवस्था तनावग्रस्त

गौरमा आज बिहानैदेखि दुवै पक्षबिच ढुङ्गा हानाहान भइरहेको छ।
गौरमा दुई समुदायबिच झडप हुदाँ अवस्था तनावग्रस्त

फागुन ८, रौतहट/रौतहटको सदरमुकाम गौर नगरपालिका ६ सबगढा गाउँमा दुई समुदायबिच झडप हुदाँ त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। सबगढा गाउँमा बिहीबार राति एक हिन्दू समुदायको विवाहमा बाजा बजाउँदै जन्ती गएको थियो। सबगढा गाउँमा रहेको मुस्लिम समुदायको मस्जिदमा रातिको समय नवाज पढिरहेको बेला बाजा बजाएको विषयलाई लिएर भनाभन भएको थियो।

स्रोतका अनुसार भनाभन पछि मुस्लिम समुदायका केही मानिसले बाजा बजाउने डिजे ग्रुपका केही मानिसलाई कुटपिट गरेका थिए। त्यही विषय लिएर आज बिहानै देखी पुनः दुई समुदायबिच झडप भएको हो।

आज बिहानैदेखि दुवै पक्षबाट ढुङ्गा हानाहान भइरहेको छ। घटनापछि उक्त क्षेत्रमा बाक्लो सुरक्षाकर्मीको परिचालन गरिएको छ। यस्तो किसिमको घटना अत्यन्तै दुःखद भएको बताउँदै दुईपक्षीय वार्ताको लागी पहल भइरहेको उनले बताएका छन्। स्थानीय प्रशासनले शान्ति–सुरक्षा कायम गर्न अपिल गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो पनि

ताजा अपडेट

१ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस