२०८२ श्रावण २७, सोमबार

सुनसरीमा विङ्गर र बस ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा बस र विङ्गर एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
सुनसरीमा विङ्गर र बस ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते

२६ साउन काठमाडौं / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा बस र विङ्गर एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर सोमबार बिहान ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकहरूको सनाखत बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । घाइतेहरूको इनरुवा, विराटनगर न्यूरो र नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस