२०८२ श्रावण १७, शुक्रबार

‘गुण्डा नाइके’ चक्रे मिलनसहित ४७ जना काठमाडौँबाट पक्राउ

‘गुण्डा नाइके’को रुपमा चिनिएका चक्रे मिलन (मिलन गुरुङ)सहित ४७ जना काठमाडौँबाट पक्राउ गरेका छन् ।
‘गुण्डा नाइके’ चक्रे मिलनसहित ४७ जना काठमाडौँबाट पक्राउ

१६ साउन काठमाडौँ /  ‘गुण्डा नाइके’को रुपमा चिनिएका चक्रे मिलन (मिलन गुरुङ)सहित ४७ जना काठमाडौँबाट पक्राउ गरेका छन् । प्रहरीले काठमाडौँको ठमेल र महाराजगन्ज क्षेत्रबाट गएराति उनीहरूलाई पक्राउ गरेको हो । गुण्डागर्दीमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले जानकारी दिए ।

प्रहरीका अनुसार चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका हुन् । काठमाडौँका एसएसपी विश्व अधिकारी बिहीबार रातभर सक्रिय भएर गुण्डा नाइकेहरूलाई पक्राउ गरेका हुन् ।

यसअघि प्रहरीले हिजो ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ (सानुभाइ) लाई पक्राउ गरेको थियो । चक्रे मिलनलाई ‘बर्थडे’ पार्टीबाटै पक्राउ गरिएको एसपी आचार्यले बताए । पक्राउपछि उनीहरुलाई काठमाडौँ प्रहरी परिसरमा राखिएको छ ।

‘महाशाखा र परिसरको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहर“को नाम/ठेगाना रुजुगर्ने क्रम जारी छ,’ आचार्यले भने, ‘पक्राउ परेका कतिपय प्रहरीले खोजी गरिरहेकाहरू छन् । त्यसमा कतिपय सर्वसाधारण पनि होलान् । हामी थप बुझिरहेका छौँ । सर्वसाधारणलाई आज छाड्छौँ । दोषीहरूमाथि कानुनी कारबाही अघि बढ्छ ।’

चक्रे मिलनसहितले सामाजिक सञ्जालमा सर्वसाधारणलाई आतंकित बनाउने ढंगका पोस्ट गरेको पाइएपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस