२२ असोज, काभ्रेपलाञ्चोक / काभ्रेको पाँचखाल नगरपालिका–६ मा बसले ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन् । काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा२ख ६५७९ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको सडक विभागको बा ५ ख ६८३ नम्बरको आइचर ट्रकलाई पाँचखाल नगरपालिका–६ दुलालथोकमा ठक्कर दिएको थियो ।
बसले ठक्कर दिँदा ट्रक अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेको थियो । प्रहरीका अनुसार दुर्घटनामा परी ट्रकका ६ जना र बसका २ जना यात्रु छन् । घाइतेमध्ये ट्रकमा सवार ३ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिए ।
घाइतेको तत्काल उद्धार गरी पाँचखाल आधारभूत अस्पतालमा सामान्य उपचार पश्चात् धुलिखेल हस्पिटल पठाइएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।