२५ वैशाख काठमाडौं / भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटनामा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
अन्य दुईजना गम्भीर घाइते भएको गढवाल डिभिजनल कमिस्नर विनय शंकर पाण्डले पुष्टि गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार, दुर्घटना उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित गंगानानीमा भएको हो । हेलिकोप्टरमा ६ यात्रु र एक पाइलट थिए ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले आफूले उद्धारका लागि निर्देशन दिएको बताएका छन् । दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएको उनको भनाइ छ ।