
९ कात्तिक, काठमाडौं / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद भएपछि अहिले छलफल चलिरहेको छ ।
उच्च स्रोतका अनुसार, उनलाई मन्त्रीको शपथ खुवाउने कि नखुवाउने भन्नेबारे अहिले छलफल भइरहेको हो । प्रधानमन्त्री सुशीला कार्कीले सुनारसहित अन्य तीन जनालाई मन्त्री सिफारिस गरेकी थिइन् ।
तर, सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका र उनी प्रहरीको फरार सूचीमा रहेको देखिएको थियो । उनीविरुद्ध अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।