२०८२ मंसिर ४, बुधबार

मनोज भट्टलाई समाज कल्याण परिषदमा सदस्यसचिवको जिम्मेवारी

मनोज भट्टलाई समाज कल्याण परिषदमा सदस्यसचिवको जिम्मेवारी

३ मंसिर, काठमाडौं / सरकारले समाज कल्याण परिषद्को सदस्यसचिवमा कञ्चनपुरका मनोज भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले उनको नाम टुंग्याएको हो । निर्णय प्रमाणीकरण हुन भने बाँकी छ ।

यसअघि नै विवादमा परेका र कार्यसम्पादन राम्रो नभएका व्यक्तिलाई कोषको सदस्यसचिव नियुक्त गर्न खोजिएको भन्दै केही जेन–जी प्रतिनिधिहरू असन्तुष्ट बनेका छन् । केही मन्त्रीलाई भेटेर उनीहरूले मंगलबार असन्तुष्टि जनाएका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु देउवासँग निकट रहेका भट्ट यसअघि परिषद्को सदस्य भइसकेका व्यक्ति हुन् । उनी राष्ट्रिय सभाका पूर्वसदस्य तारादेवी भट्टका छोरा हुन् ।

देउवा प्रधानमन्त्री भएका बेला मंसिर, २०७८ मा भट्ट समाजकल्याण परिषद्को सदस्य सचिवमा नियुक्त भएका थिए । उनीविरुद्ध अख्तियार र मन्त्रालयमा उजुरी परेपछि सरकारले विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस