
१० मंसिर, काठमाडौं / नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको विशेष भेला जारी छ । राष्ट्रिय सभागृहमा जारी भेलामा बोल्ने नेताहरूले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने पक्षमा आ–आफ्नो भनाइ राखिरहेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि ११ मंसिरमा बस्दैछ । केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको मिति तोकिनुपर्ने उनीहरूको माग छ ।
भेलामा विशेष महाधिवेशनको पक्षमा रहेका पुराना पुस्ताका नेता, जिल्ला सभापति, नयाँ पुस्ता लगायतका नेताहरू सहभागी छन् । विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका २ हजार ४९९ प्रतिनिधिले हस्ताक्षर सहित लिखित माग गरेका छन् ।