२०८२ मंसिर १२, बिहिबार

  नेपालबाट बंगलादेशमा विद्युत् निर्यात

बंगलादेशमा नेपालबाट थप २० मेगावाट विद्युत् निर्यात सहमति

बंगलादेशमा थप विद्युत् निर्यात गर्ने सहमति भएको
बंगलादेशमा नेपालबाट थप २० मेगावाट विद्युत् निर्यात सहमति

 

११ मंसिर, काठमाडौं/  नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । अहिले भने ४० मेगावाट निर्यात भइरहेको छ । यस अतिरिक्त थप २० मेगावाट निर्यात सहमति भएको छ ।

बिहीबार बंगलादेशको ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठकमा यस्तो सहमति भएको हो । बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको ऊर्जा सचिव फर्जना ममताजले टोलीको नेतृत्व गरेको थियो ।

नेपाल र बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम सुरु गर्ने सहमति भएको छ । बंगलादेशी पक्षका लागि पहिलो चरणको क्षमता अभिवृद्धि कार्यक्रम काठमाडौंमा तथा त्यसपछि नेपाली पक्षका लागि क्षमता अभिवृद्धि कार्यक्रम बंगलादेशमा सञ्चालन गर्ने सहमति भएको छ ।

नेपाल, भारत र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा भारतको सहमति लिन दुवै देशले संयुक्त पहल गर्ने निर्णय समेत भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

 

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस