२०८२ मंसिर १७, मंगलबार

जम्बो टोली प्रतिनिधि

जिल्ला अध्यक्ष भुमि त्रीपाटी साहित पदाधिकारीको जम्बो टोली प्रतिनिधि

जिल्ला अध्यक्ष भुमि त्रीपाटी साहित पदाधिकारीको जम्बो टोली प्रतिनिधि

  1. १६ मंसिर काठमाडौँ / नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयनमा नेकपा एमाले धादिङ जिल्ला अध्यक्ष भुमि त्रीपाटी सहित पदाधिकारीहरुको जम्बो टोली नै महाधिवेशन प्रतिनिधि चयन भएका छन् । धादिङ जिल्लाको दुई वटा क्षेत्रले १८ जना प्रतिनिधि पाउनेमा जिल्ला कमिटी पदाधिकारी ५ जना चयन भएका हुन । जिल्ला अध्यक्ष भुमि त्रीपाटीले संघ संगठनको बिधि पद्धति भन्दा बाहिर गएर सर्व सम्मतको नाममा जवरसस्ती आफ्ना भन्नेहरुलाई नै प्रतिनिधि बनाएको जिल्ला नेता कार्यकर्ताहरुले बताएका छन् ।

drishtinepal

नेकपा एमाले धादिङका जिल्ला अध्यक्ष भुमि त्रीपाटी उपाध्यक्ष अर्जुन श्रेष्ठ (गोर्खाली) सचिव राधिका सापकोटा उप सचिव भक्त बहादुर लामिछाने र महिला उप सचिव उर्मिला रेग्मी जिल्ला कमिटी पदाधिकारी नै प्रतिनिधि चयन भएका हुन ।
भुगोलको नाम गरी जिल्ला कमिटीको पदाधिकारी प्रतिनिधि चयन हुदा जिल्ला नेता कार्यकर्ताहरुले असन्तुष्ट जनाएका छन् ।

drishtinepal

जिल्लाको जम्बो टोली नै प्रतिनिधि बन्दा प्रतिनिधि सभा सदस्य धन बहादुर घले प्रत्याशी प्रदेश सदस्य उमेदवार रमेश आचार्य, उद्वव लुइँटेल लगायत पुराना नेताहरु समेत प्रतिनिधिमा परेनन् । धादिङ क्षेत्र नं १ बाट १० जना भुमि त्रीपाटी, प्रेम सिलवाल, राजेन्द्र बिक्रम बस्नेत, नरेश खतिवडा, कृष्ण पन्त, केदार पाठक, उर्मिला रेग्मि,उमा सिंखडा नेपाल, कमला शर्मा, सुनिल तामाङ धादिङ क्षेत्र नं २ बाट अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) भक्त बहादुर लामिछाने, बाबुकृष्ण श्रेष्ठ, नारायण कुमार गुभाजु,राधिका सापकोटा, उर्गेनवती तामाङ, संजय दुवाडी, ध्रुव विक गरी १८ जना प्रतिनिधि चयन भएका छन् । नेकपा एमालेको ११औं महाधिवेशन मंसिर २७,२८ र २९ गते भक्तपुर हुने भएको छ । नेकपा एमाले धादिङ जिल्लामा भएको दुई ध्रुवीकरणलाई मिलाएर जानुको साटो नेतृत्वले नै प्रतिशोधको भावना लिदा आगामी दिन्नमा नेकपा एमाले धादिङमा झन संकट पैदा नहोला भन्न सकिन्न ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस