२०८३ बैशाख ११, शुक्रबार

चुनावी एकता

उज्यालो नेपाल र सर्वोदय २ पार्टीबिच चुनावी एकता घोषणा

आज एक कार्यक्रमको आयोजना गरी उज्यालो नेपाल र सर्वोदय २ पार्टीबिच चुनावी एकता हुने घोषणा गरिएको हो ।
उज्यालो नेपाल र सर्वोदय २ पार्टीबिच चुनावी एकता घोषणा

पुस ९, काठमाडौँ /  भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले स्थापना गरेको उज्यालो नेपाल पार्टी र ई.दीपक साह अध्यक्ष रहेको सर्वोदय पार्टीबिच चुनावी एकता हुने भएको छ । आज एक कार्यक्रमको आयोजना गरी दुई पार्टीबिच चुनावी एकता हुने घोषणा गरिएको हो ।

दीपक साहले डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टीबाट अलग भएर हालै सर्वोदय पार्टी गठन गरेका थिए । निर्वाचनमा भाग लिन चुनावी एकता गर्न लागिएको अध्यक्ष साहले बताए । बदलिँदो परिस्थितिमा परम्परागत ढङ्गबाट राजनीति अगाडि नबढ्ने भएकाले नयाँ सोचका साथ स्थापना भएका दुई पार्टीबिच चुनावी एकता हुन लागेको उनले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस