२०८३ जेष्ठ २२, शुक्रबार

पक्राउ

काठमाडौँबाट नक्कली शाखा अधिकृत कर्मचारी पक्राउ

काठमाडौँबाट आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ परेका छन् ।
काठमाडौँबाट नक्कली शाखा अधिकृत कर्मचारी पक्राउ

पुस ९, काठमाडौँ / काठमाडौँबाट आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ परेका छन् । लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति पत्र प्राप्त गरेको नक्कली कागजात तयार गरी सरकारी कर्मचारीले लगाउने पोसाक लगाएर प्राप्त नगरेको ओहदाको परिचय देखाएर फाइदा लिन खोजेको आरोपमा उनी पक्राउ परेका हुन् ।काठमाडौँ महानगरपालिका–२२ झोछे बस्ने ललितपुर महानगरपालिका–१५ थसिखेल घर भएका २३ वर्षीय समन श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति पत्र प्राप्त गरेको नक्कली कागजात तयार गरी सरकारी कर्मचारीले लगाउने पोसाक लगाएर प्राप्त नगरेको ओहदाको परिचय देखाएर फाइदा लिन खोजेको आरोपमा उनी पक्राउ परेका हुन् ।

सोही सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई सरकारी छाप तथा लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

१ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस