
पुस १५, रौतहट / पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड अर्न्तगत आज बिहान एलपी ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुदाँ सवारी साधन सन्चालनमा रोक लगाइएको छ ।
भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ एटी २११४ नम्बरको ट्याङ्कर आज बिहान दुर्घटना भएको हो । घाइते चालकको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिए।
ट्याङ्कर बीच सडकमा दुर्घटना हुँदा सडक अवरुद्ध भएको छ भने ग्यास लिक भइरहेकाले आगलागी हुन सक्ने भएकाले जनकपुरबाट ग्यास कम्पनीका प्राविधिकसहितको टोली आउँदै गरेको उनले जानकारी दिए ।